पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

काठमाडौंको तीनकुनेमा ४ जनाको शव फेला

२०८० भाद्र ३०, शनिवार ११:१५ बजे

काठमाडौं–काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा ४ जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् ।
प्रहरीका अनुसार गैह्रीगाउँ स्थित दिव्य सः मिलभित्र ४ जनाको शव फेला परेको हो । हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
मृतकको शवमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ । हत्या गरिएकाहरुमा दोलखाका ३ जना र धनकुटाका १ जना रहेका छन् । गए राति १२ बजेतिर घटना भएको बताइएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीहरू खटिएका र थप विवरण आउन बाँकी छ ।