पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

सबै कवाडी महानगरको कार्यालय र मेयर बालेनको घर अगाडी थुपारिदीनु- डा. अमरेश कुमार सिंह

२०८१ आषाढ ५, बुधवार १२:३६ बजे

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरुले सबै कवाडी महानगरको कार्यालय र मेयर बालेन शाहको घर अगाडी लगेर थुपारिदीन आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले काठमाडौँमा आन्दोलित रहेका कवाडी व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै बालेनले सिकाए जस्तै कवाडी लगेर उनको कार्यालय र घर अगाडी थुपारिदीन आग्रह गरेका हुन् ।

उनले कवाडी व्यवसायीको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै यसलाई आफुले मधेशीमाथिको दमनको रुपमा हेरेको टिप्पणी गरेका छन् । उनले काठमाडौँमा हुने आन्दोलनमा अन्य र मधेशीमाथि विभेद हुने गरेको बताइदै डा. सिंहले अरु आन्दोलनमा पानीको फोहोरा हान्ने प्रहरीले मधेशीको प्रदर्शनमा लाठि बर्साएको आरोप लगाए । 

सांसद सिंहले यस घटनामा गृहमन्त्रीको जवाफका लागि रुलिङको समेत माग गरेका छन् ।