पाठशाला न्यूज
 २०८१ बैशाख १३, बिहीबार    

कांग्रेस सहमहामन्त्री उपाध्याय मकवानपुर १ बाट सिफारिश

२०७९ भाद्र १८, शनिबार १३:१८ बजे

हेटौंडा–मकवानपुरको प्रतिनिधिसभा क्षेत्र १ बाट नेपाली कांग्रेसले केन्द्रीय सहमहामन्त्री डीना उपाध्यायको नाम सिफारिश गरेको छ ।
मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाको उम्मेदवारको रुपमा कांग्रेसले सहमहामन्त्री उपाध्यायको नाम सिफारिश गरेको हो ।
शुक्रबार बिहान हेटौंडामा बसेको क्षेत्रीय बैठकले प्रतिनिधिसभातर्फ सम्भावित उम्मेदवारको रुपमा कांग्रेस सहमहामन्त्री डीना, बागमती प्रदेशसभा सभापति इन्द्र बहादुर बानिया, पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल माइकल र महासमिति सदस्य जयराम लामिछानेको नाम प्रत्यक्षतर्फ सिफारिश गरेको छ ।
बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फ विष्णु लामिछाने, रघुरमण न्यौपाने, गोपीलाल विक, पवित्रा विक, सुवातसिं थिङ, गीता राई, सञ्जिता सिग्देल, सुदिप बर्तौला, राजकुमार जीएम र नारायण लम्सालाको नाम जिल्ला समितिलाई सिफारिश गरेको क्षेत्रीय सचिव कविन सांगामीले जानकारी दिए ।