पाठशाला न्यूज
 २०८२ पौष १, मङ्गलवार    

डुकेटको शतकका बाबजुद इङ्ग्ल्यान्डको मध्यम प्रदर्शन

२०८१ कार्तिक १, बिहीवार ०१:१७ बजे

एजेन्सी – बेन डुकेटको शतकका बाबजुद इङ्ग्ल्यान्डले घरेलु टोली पाकिस्तानविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा मध्यम प्रदर्शन गरेको छ ।

डुकेटको शतकका बाबजुद पाहुना टोलीले दोस्रो दिन बुधवारको खेल सकिँदा ६ विकेट गुमाएर २ सय ३९ रन बनाएको छ । डुकेटले १ सय २९ बलमा १ सय १४, जो रुटले ३४, ओली पोपले २९ तथा ज्याक क्रलीले २७ रन बनाए । जेमी स्मिथ र ब्रायडन कार्स क्रिजमा छन् ।

दोस्रो दिनको खेल सकिदा पाहुना टोली १ सय २७ रनले पछि रहेको छ । घरेलु टोलीका लागि साजिद खानले ४ तथा नोमान अलिले ४ विकेट लिए ।

त्यसअघि पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले कमरान गुलामले डेब्यु खेलमा नै शतक प्रहार गरेपछि ३ सय ६६ रन बनाएको थियो ।

यसै खेलमा टेस्ट डेब्यु गरेका गुलामले १ सय १८ रनको शतकीय पारी खेले । ओपनर सैयम अबुयले ७७, मोहम्मद रिजवानले ४१, आमिर जमालले ३७ तथा सलमान आगाले ३१ रन जोडे ।

पाहुना टोलीका लागि ज्याक लिचले ४, ब्राइडेन कार्सले ३, म्याथ्यु पोटले २ तथा शोयब बासिरले १ विकेट लिए । ३ टेस्टको‌ सिरिजको पहिलो टेस्ट इङ्ग्ल्यान्डले १ इनिङ र ४७ रनले जितेको थियो ।