पाठशाला न्यूज
 २०८१ आश्विन ३, बिहीवार    

इटालियन युवती जब लाखौं खर्चेर बनिन् बिरालो

२०८० कार्तिक १९, आइतवार २०:५३ बजे

एजेन्सी : मानिसको चाहना पनि अनेक खालको हुन्छ । केही हप्ताअघि चीनमा एकजना मानिसले आफ्नो शरीरलाई परिवर्तन गरी कुकुरजस्तै बनाएको समाचार सार्वजनिक भएको थियो । अहिले फेरि इटालीको रोममा बस्ने एक युवती चर्चामा छिन् । ती २२ वर्षीया युवतीले चाहिं करोडौं खर्च गरेर आफ्नो अनुहारलाई ठ्याक्कै बिरालोजस्तै बनाएकी छिन् ।
कियारा डेल एबेट नामकी ती युवतीले बिरालोजस्तै बन्नका लागि अनुहारमा २० वटा परिवर्तन गराएकी छिन् ।
एबेटको सानैदेखिको सपना बिरालो जस्तै बन्ने थियो । सोही शोखलाई पूरा गर्नका लागि उनले आफ्नो अनुहार यसरी परिवर्तन गराएकी हुन् । उनले ११ वर्षको उमेरदेखि नै सरीरमा यस्तो बदलाव सुरु गरेकी थिइन् । ११ वर्षको हुँदा नै उनले पहिलोपटक पियरसिङ र स्ट्रेचिङ गराएकी थिइन् ।
त्यसको पाँच वर्षमा उनले सरीरमा ७२ पटक पियरसिङ गराइन् । उनले आफ्नो जिब्रोको अगाडिको भागलाई चिरेर दुई हाँगा बनाएकी छिन् । टाउकोमा पनि मोडिफाइ गरेर दुईवटा सिङ निकालेकी छिन्, जुन बिरालेको कानजस्तै देखिन्छ । यसका साथै उनको टाउको तथा नाकमा पनि धेरै वटा पियरसिङ छन् ।
परेलाको मुनिबाट अतिरिक्त बोसो तथा छाला निकाल्नका लागि कस्मेटिक सर्जरी गरेकी छिन् उनले । उनले आफ्ना दुवै आँखामा पनि टाटु बनाएकी छिन् ।
न्युयोर्क पोस्टका अनुसार कियारा आफ्नो बिरालोरुपी अनुहारसँग एकदम खुसी छिन् । यसमा उनलाई कुनै पनि समस्या छैन । उनी भन्छिन्, ‘मानिसको सरीर कति बदलिन सक्छ अर्थात् तपाईंले वास्तवमा शारीरिक बदलावबाट के हासिल गर्न सक्नुहुन्छ भन्ने कुरा आफैले हेर्नु वास्तवमै पागलपन हो । मलाई लाग्छ कि बिरालो नारी बन्नु मेरो लागि निकै सही छ । किनकि वास्त्वमा एक कार्टुन पात्रको रुपमा देखिन म चाहन्नथें ।’
उद्लेद आफूलाई सदैव बिरालो निकै मन पर्ने र शारीरिक बदलावबाट क्याट लेडी बन्न सक्छु भन्ने हिम्मत पनि भएकाले त्यसरी परिवर्तन भएको बताउँछिन् । पूर्ण रुपमा बिरालोजस्तै देखिनका लागि आफूले क्याट आई लिफ्ट अर्थात् क्याथोप्लास्टी गर्न, लामो तथा बदाम जस्तै आँखा बनाउनका लागि सर्जरी गर्नुका साथै दाँतको आकृति बदल्न र ओठसमेत सर्जरी गर्न आवश्यक रहेको उनको भनाई छ ।