पाठशाला न्यूज
 २०८१ बैशाख ८, शनिबार    

राम जानकी मन्दिर क्षेत्र बिकास समितिको अध्यक्षमा बोगटी चयन

२०७९ फाल्गुन २७, शनिबार १२:१९ बजे

दिपु मिश्र
चन्द्रनिगाहपुर–रौतहटका युवा व्यवसायी एवं समाजसेवी नर बहादुर बोगटी (राजन) राम जानकी मन्दिर क्षेत्र विकास समितिको अध्यक्ष पदमा चयन भएका छन् ।
शनिबार जानकी मन्दिर क्षेत्र विकास समितिको तेस्रो साधारण सभाबाट रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ र ६ शान्तिनगर स्थित राम जानकी मन्दिर क्षेत्र बिकास समितिको अध्यक्ष पदमा बोगटी चयन भएका हुन् ।तेसै गरी धार्मिक उपाध्क्षमा बलराम केसी,सामाजिक उपाध्यक्षमा मान बहादुर खड्का,कोषाध्क्षमा सरिता पाण्डे,सचिवमा राजकुमार बजगाई,सह–सचिवमा खगेन्द्र न्यौपाने,सदस्यहरुमा क्रमस बाबुराम न्यौपाने,बद्री महत,सरिता आचार्य,अन्जु भट्राई,पुष्प राई,दिपा सिटौला,पुरषोत्तम दाहाल,जंग बहादुर घलान र अमृता बि.क चयन भएका छन् । तेसगरी सल्लाहकारहरुमा डिम कुमार दुलाल,चन्द्रपुर वडा नम्बर ६ का वडा अध्यक्ष सहदेव केसी,वडा नम्बर ४ का वडा अध्यक्ष रवि राना मगर,शिव कोईराला,बिनोद सिटौला,हातेमालो सामुदायिक वनका अध्यक्ष रामलाल ठोकर,नारायण न्यौपाने,राम बहादुर घलान,रधुनाथ खुलाल,खडानन्द काफ्ले चयन भएका हुन् ।


कार्यक्रममा मन्तव्य राख्दै मन्दिर क्षेत्र बिकास समितिका अध्यक्ष बोगटीले मन्दिरको संस्थापक अध्यक्ष भएको बेला आफुले मन्दिर निमार्ण कार्य लयायत सम्पुर्ण कार्यहरु पुरागरी दोस्रो साधारण सभाबाट नया कार्य समितिलाई हस्तान्त्रण गरेको बताए । आजको दिनसम्म हस्तान्त्रण गरेकोे कार्यसमितिले मन्दिरको हकमा केहि कदम नचालेको तथा मन्दिरको कन्तबियोगनै बनाएको बताए ।
उनले आउने चौथो साभारण सभासम्म मन्दिरको मुहारनै फेर्ने एवं हरेक पक्षमा बलियो बनाउने प्रतिबद्धता गरेका छन् ।