पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

यू–१७ फिफा विश्वकपको उपाधि जर्मनीले जित्यो

२०८० मंसिर १७, आइतवार ११:२५ बजे

काठमाडौं : १७ वर्ष मुनिको फिफा विश्वकपको उपाधि जर्मनीले जितेको छ । इन्डोनेसियामा सम्पन्न फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै जर्मनी पहिलो पटक च्याम्पियन बनेको हो ।
रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलको निर्धारित समयको खेल २– २ गोलको बराबरीमा सकिएको थियो । २९ औं मिनेटमा पेरिस ब्रुनेरले पेनाल्टीमा गोल गर्दै जर्मनीलाइ अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा नोहा डार्भिचले अग्रता दोब्बर बनाए ।
तर फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरी गर्यो । ५३ औं मिनेटमा सोइमोनको गोलमार्फत फ्रान्स खेलमा फर्किएको थियो। ८५ औं मिनेटमा माथिस एमोगोउले गोल गरेपछि खेल २–२ को रोमाञ्चक मोडमा पुगेका थियो । त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा खेल पेनाल्टीमा धकेलियो । जसमा जर्मनीले बाजी मार्यो । फ्रान्सका तीन खेलाडी पेनाल्टीमा चुकेका थिए ।
जर्मनीका पेरिसले गोल्डन बल जित्दा उपविजेता टिमका पल आर्गेनीले गोल्डेन ग्लोब्स हात पारे। गोल्डेन बुट भने अर्जेन्टिनाका अगस्टिन रोबर्टोले हात पारे ।