पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

काठमाडौँमा राप्रपा नेपालको बृहत् दबाबमूलक प्रदर्शन

२०८० चैत्र १, बिहीबार १५:५५ बजे

काठमाडौँ : राप्रपा नेपालले बिहीबार काठमाडौँ उपत्यकामा बृहत् दबाबमूलक प्रदर्शन गरेको छ । र्यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबीच सुन्धारामा ठेलमठेल हुँदा झडप भएको छ ।
प्रदर्शनका कारण सवारी आवागमनमा अस्तव्यस्त बनेको छ । हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौँमा दबाबमूलक प्रदर्शन शुरु गरेको हो ।