पाठशाला न्यूज
 २०८२ मंसिर १, आइतवार    

मार्सल ल घोषणा गरेको केही घण्टामै फिर्ता गर्न बाध्य भए कोरियाली राष्ट्रपति

२०८१ मंसिर १९, बुधवार ०७:१६ बजे

काठमाडौं- दक्षिण कोरियाली संसदमा हंगामा भएपछि राष्ट्रपति यूं सुक येओलले मार्सल ‘ल’ घोषणा फिर्ता लिएका छन्।

सांसदहरुले सदनमा त्यसको कडा प्रतिवाद गरेपछि राष्ट्रपति यू मार्सल ‘ल’ लागू गर्ने घोषणा गरेको केही घण्टा मै पछि हट्नु परेको हो ।

मङ्गलवार राति अबेर अचानक टेलिभिजनमा सम्बोधन गर्दै  दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य शासन घोषणा गरेका थिए।

राष्ट्रपति युनले देशबाट उत्तर कोरिया समर्थक शक्तिलाई हटाउन र उदार संवैधानिक व्यवस्थाको संरक्षण गर्न सैन्य शासन घोषणा गरिएको बताएका थिए। तर सत्तारूढ र विपक्षी दल दुवैले राष्ट्रपतिको यो कदमलाई रोक्न सफल भएका छन्।

विपक्षी डेमोक्रयाटिक पार्टीका नेता ली जे म्युङले सैन्य शासनको घोषणा असंवैधानिक रहेको बताए । युनकै सत्तारूढ पिपुल पावर पार्टीका प्रमुख हान दोङ हुनले पनि सो कदमको विरोध गर्दै त्यसलाई रोक्ने बताएका थिए।