पाठशाला न्यूज
 २०८१ बैशाख ११, मंगलबार    

रौतहटको वनमा वन कर्मचारी र तस्करको रजगज

२०७९ पौष १८, सोमबार ११:२७ बजे

दिपु मिश्र
रौतहट–पछिल्लो समय रौतहटको वनबाट वनकै कर्मचारीहरुको मिलेमतोमा ब्यापक रुपमा काचा सालका काठको चोरी तस्करी बढेको छ ।
जिल्लामा वन कर्मचारीकै मिलेमतोमा काचा सालका काठ चोरी तस्करी हुने गरेको स्थानीय बासिन्दाहरुले व्यापक गुनासो गर्दै आएका छन् । बृन्दावन सव डिभिजन वन कार्यालय अन्तरगतको वनमा चोरी तस्करी बढ्दै गएको स्थानियहरु बताउछन् ।
सो वन कार्यालयका कर्मचारी जमदार जगदिस हजरा र वनरक्षक किसन साहको मिलोमतोमा व्यापक चोरी तस्करी हुने गरेको स्थानियको भनाई रहेको छ ।
तस्कर समुहलाई आर्थिक प्रलोभनमा कर्मचारीहरुलेनै सेटिङ मिलाउने गरेको स्थानिले आरोप लगाएका छन् । सो वनमा गत तिन हप्ताको अवधिमा ३२ वटा सखुवाको रुख काटेर तस्कर समुहले लगेको समाचार स्रोतले बताएको छ । वनमा तस्करले समहु बनाएर रातीको समयमा सखुवाको गोलीया चोरी तस्करी गर्ने गरेको स्थानियको भनाई छ ।
तस्करले बलेरीको वनबाट चोरी तस्करी गरेको काठ सर्लाही पुर्याउने गरेको छ । यस बिषयमा बुझ्न बृन्दावन सव डिभिजन वन कार्यालयमा कार्यरत वन कर्मचारी जमदार हजरा र वनरक्षक साह संग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
यता चेतनगर वनबाट समेत तिब्र रुपमा काठ तस्करी भइरहेको स्थानियको भनाइ रहेको छ । डिभिजन वन कार्यालय रौतहट अन्र्तगतको वनमा व्यापक रुपमा हानि नोक्सानी भएको छ ।
तेसै गरी जिल्लाको रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समिति,जंगलसहिया साझेदारी वन उपभोक्ता समिति र रंगपुर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनबाट दर्जनौ सालका गोलिया व्यापक रुपमा चोरी तस्करी भएको छ । चोर तस्कर समुहले वन चोरी तस्करीको लागि साईकल लाई ६६ ईन्च गोलाईको काठ अटनेगरी मोडिफाई गरेर रौतहटको वनबाट हरियो सालको गोलिया चोरी तस्करी गर्ने गरेका छन् । केही समय पहिला सम्म टायर गाडा र ट्रेक्टरमा काठको चोरी तस्करी गर्ने समुह यतीबेला साईकलमा चोरी तस्करी गर्न सक्रिय रहेको छ ।
डिभिजन वन कार्यालय रौतहट अन्र्तगतको सव डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको मातहतमा पर्ने रंगपुर साझेदारी वन समेत पछिल्लो समय व्यापक रुपमा काचा सालका रुख काटेर लग्ने क्रम बढेको स्थानीयको भनाइ रहेको छ । वन कर्मचारीकै मिलेमतोमा तस्करले काटेका काचा सालका रुख चन्द्रनिगाहपुरकै चिरान मिलमा बिक्रि बितरण हुने गरेको स्थानीयको भनाइ रहेको छ । यस बिषयमा डिभिजन वन कार्यालयका प्रमुख सुनिल कुमार कर्ण संग बुझ्दा जिल्लामा चोरी तस्करी बढेको तथा तस्करीमा संलग्न अधिकांसलाई कार्वाही समेत गरेको जानकारी दिएका छन् ।