पाठशाला न्यूज
 २०८१ बैशाख २१, शुक्रबार    

बिहेमा सुनको सिक्रि नदिएको भनि बिहे छाडी हिड्न खोज्ने बेहुला सहित पाँच जना पक्राउ

२०८० फाल्गुन २९, मंगलबार २०:५१ बजे

जलेश्वर सर्राफ 

वीरगंज- बिहेमा सुनको सिक्रि नदिएको भनि बिहे छाडी हिड्न खोज्ने बेहुला सहित पाँच जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष २८ को उमेश साह गोढ (बेहुला), बेहुलाको बुवा वर्ष ६० को बच्चालाल साह गोढ, बेहुलाको दाईहरु बर्ष ४२ को राकेश कुमार साह र बर्ष ४० को मुकेश कुमार साह र बेहुलाको भिनाजु जिल्ला बारा परवानीपुर गा.पा.वडा नं.५ बस्ने वर्ष ४५ को रामएकवाल साह रहेका छ्न्।

सामाजिक परम्परा अनुसार विवाह भैरहेको अवस्थामा २९ गते मंगलबार अन्दाजी रातीको ०२:०० बजेको समयमा बेहुला पक्षबाट दाईजो स्वरूप सुनका गहानाहरू, नगद, मोटरसाईकल, ल्यापटप, कपडा पाएतापनि सुनको सिक्री नपाएको भनी बेहुला तथा निजका आफन्तहरूले वेहुली पक्षकाहरूसँग वाद-विवाद तथा हातपात समेत गरी विवाह छोडी जान लागेको भन्ने बेहुली पक्षको मौखिक सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली गएर निजहरुलाई पक्राउ गरेको हो । 

बेहुला लगाएत पक्राउ परेकाहरु विरुद्ध विवाह सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन-२ ( दुई ) म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कारवाही भैरहेको ब्यहोरा जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ति जारी गरि पुष्टी गरेकोछ।