काठमाडौं- बुधवार टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन योगदान गरेका पूर्वराजालाई दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताएका छन् ।
आफूले बहुमत पाउनेबित्तिकै सबै बिर्सिएर अगाडि बढ्दा दुर्घटना हुने भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहतर्फ संकेत गर्दै लिङ्देनले हिंसात्मक द्वन्द्व हारजितमा नभई सम्झौताबाट टुंगिएको बताए । सम्झौताको एउटा पक्ष तत्कालीन राजा पनि भएको भन्दै उनले भने, ‘तपाईँहरूले आज राजालाई सम्झिनुपर्थ्यो । जसले राजगद्दीलाई छोड्न तयार भएर शान्ति प्रक्रियालाई साथ दियो, यति पूर्वाग्रही हुनुहुन्न ।’
दलहरूले त राजालाई शान्ति प्रक्रियामा योगदानपुर्याए बापत नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो भन्दै आ-आफ्नो राजनीतिक दर्शन तथा मान्यताहरू हुने भन्दै उनले ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने राजाको योगदान छैन? भनि प्रश्न गरेका थिए।