पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

किन चिलाउँछ शरीर ?

२०८० कार्तिक ३०, बिहीवार १३:१८ बजे

काठमाडौं : मानिसको शरीर बाहिरी र भित्री गरी दुईवटा कारणले चिलाउँछ ।
भित्री कारणमा रगतको खराबीले गर्दा धेरै चिलाउने समस्या उत्पन्न भएको हुनसक्छ । त्यसैगरी कलेजो, मिर्गौला र थाइराइड आदिको समस्याका कारण पनि शरीर चिलाउने समस्या देखा पर्नसक्छ । कसैकसैलाई जन्डिसको समस्यामा पनि शरीर अत्याधिक चिलाउने हुन्छ । बाहिरी कारणमा जाडो मौसममा शरीर सुख्खा भई चिलाउने हुन्छ ।
यसका लागि नरिवलको तेल, जैतुनको तेल र बडी लोसन प्रयोग गरी छालालाई बढी सुख्खा हुनबाट बँचाउनु पर्ने चिकित्सकको सुझाब छ । कपडाको कारण पनि शरीर चिलाउने हुन्छ । महिलाहरुलाई कस्मेटिक एलर्जी कारणले पनि चिलाउने समस्या देखा पर्नसक्छ । बाहिरी प्रदूषणहरु जस्तै धुलो, धुवाँ, विभिन्न ग्यास र कार्य क्षेत्रको वातावरणले पनि चिलाउने समस्या उत्पन्न हुन्छ । कसैलाई लुतोको कारण पनि धेरै चिलाउने समस्या देखिन्छ । यस्ता समस्या भएकाले दिनहुँ नुहाएर छाला सफा राख्नुपर्छ । एलर्जीका कारण चिलाउने समस्या भएमा कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । कसै कसैलाई भान्सामा प्रयोग गरिने बस्तुका कारण पनि एलर्जी हुन सक्छ । जस्तै धनियाँको पात, लसुन, कफी आदि ।