पाठशाला न्यूज
 २०८१ बैशाख ४, मंगलबार    

रौतहटमा क्षेत्रिय समितिको बैठक सम्पन्न,तिमल्सिनाको नाम सिफारिस

२०७९ भाद्र १६, बिहीबार १८:५७ बजे

रौतहट–नेपाली कांग्रेस रौतहट क्षेत्रनं ४ को क्षेत्रिय समितिको बैठक सम्पन्न भएको छ । मंगलबार बसेको समितिको बैठकले रौतहट क्षेत्र नम्बर ४ बाट संघीय संसदमा देवप्रसाद तिमल्सिनाको नाम सिफारिस गरेको छ ।
क्षेत्रिय सभापति रामस्नेही यादवको अध्यक्षतामा बसेको बैठकले संघीय संसदका लागि एक नम्बरमा देवप्रसाद तिमल्सिना, दोस्रो नम्बरमा शेख अमरुल र सन्ध्यादेवीको नाम सिफरिस गरेर पठाउने निर्णय भएको क्षेत्रिय सचिव बच्चुसाह कानुले जानकारी दिए ।
पहिलो नम्बरमा तिमल्सिनाको नाम सिफारिस भएसगै बजारमा फैलिएका भ्रम हटेको महासमिति सदस्य देवराज कार्कीले बताए । बिगत केही दिनदेखि सामाजिक सञ्जालमा आफुखुसी उम्मेदवारी दिनेको ओइरो लागेको थियो ।
जथाभावी उम्मेदवारी घोषणा गर्नेहरुको मुखमा एतिबेला समितिले नेता तिमल्सिनाको नाम सिफारिस गरेसँगै ताला लागेको कार्कीले बताए । कांग्रेसले लोकप्रियता अनि २०७४ को चुनावको मतान्तरलाई टिकट दिने मुख्य आधार बनाएको छ ।