पाठशाला न्यूज
 २०८१ जेष्ठ २, बुधवार    

आज २०८० साल,पौष २७ गते शुक्रवारको राशिफल

२०८० पौष २७, शुक्रवार ०७:१९ बजे

२०८० पुस २७ गते,शुक्रवार १२ जनवरी २०२४ । पौष शुक्लपक्ष प्रतिपदा तिथि, १६ः२२ बजेपछि द्वितीया । उत्तराषाढा नक्षत्र, १७ः३८ बजेपछि श्रवण । चन्द्रराशि मकर ।
मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तारिफयोग्य कामले चर्चित बनाउनेछ । उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले विशेष स्थान दिलाउन सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । सेवा र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ ।
वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता अलि पछि परिनेछ । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ । परिस्थितिवश अरूका काममा अमूल्य समय बित्नेछ । पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्नेछ ।
मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सम्भावना देखिए पनि उपलब्धि न्यूनमात्र हुनेछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्याप्रति गम्भीर नबन्दा व्यर्थैमा पछि दुःख पाइनेछ ।
कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो यात्रा र भेटघाटको आनन्द लिने समय छ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । पेसा–व्यवसायले मनग्य आम्दानी दिलाउनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुनेछन् । आतिथ्यपूर्ण सम्मान समेत पाइनेछ ।
सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लगनशीलताले नयाँ स्थानका साथै काम गर्ने अवसरसमेत दिलाउनेछ । साथीभाइ जुट्नाले दिन उत्साहजनक रहनेछ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्छ ।
कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ । हल्लाको पछि लाग्दा चिताएको काममा अलमल हुनेछ । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ । अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ हुनेछ । लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सकिनेछ । अरूको विश्वास जित्न केही समय लाग्नेछ ।
तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
आवेशको निर्णयले समस्या निम्त्याउनेछ । हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ । अध्ययनमा समय दिन नसकिएला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने सम्भावना छ । अनावश्यक अडान लिने बानीले वादविवादमा परिने सम्भावना छ । साइनो गाँस्नेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला ।
वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार हातलागी होला । कृषितर्फ कामको चाप बढ्नेछ । चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ ।
धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सानो प्रयत्नले दिगो फाइदा दिलाउन सक्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । मेहनत गर्दा रोकिएका काम समेत सम्पादन हुने देखिन्छ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । पठन–पाठनमा पनि प्रगति गर्न सकिनेछ ।
मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् । बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । पहिरनले व्यक्तित्वमा आकर्षण पनि ल्याउनेछ ।
कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियार रहनुहोला । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । बेहोसीले नोक्सान पुर्याउन सक्छ । नाम र दामका लागि आज गरिएको खर्च व्यर्थ हुने हुँदा सजग रहनुहोला । केही दौडधुप गर्नुपरे पनि पछिका लागि लगानी बढाउने समय छ । छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला ।
मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ ।