रौतहट- रौतहटको गरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा डुबेर स्थानीय दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
मृत्यु हुनेमा गरुडा नपा–२ गेडाहीका देवालाल साहका छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहका छोरा १८ वर्षीय राजीव साह रहेका छन्।
शुक्रवार दिउँसो पौडी खेल्ने क्रममा उनीहरु दहमा डुबेका हुन्। अचेत अवस्थामा उद्धार गरेर नजिकैको अस्पताल पुर्याउँदा चिकित्सकले दुवै युवकलाई मृत घोषणा गरेको रौतहट प्रहरीले जनाएको छ।