पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

सात महिनामा ६० करोड भन्दा बढीको यार्सागुम्बा निर्यात

२०८० फाल्गुण २६, शनिवार १३:४६ बजे

काठमाडौं : चालु आर्थिक वर्ष २०८०\०८१ को सात महिनामा ६० करोड रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ ।
भन्सार विभागका अनुसार सात महिनामा ६० करोड ६१ लाख ८५ हजार रुपैयाँको एक हजार २४६ किलोग्राम यार्सागुम्बा निर्यात भएको हो ।
गत आर्थिक वर्ष ४४ करोड ३१ लाख ९१ लाख रुपैयाँको मात्रै यार्चागुम्बा निर्यात भएको थियो । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९\०८० मा ६८३ किलोग्राम यार्सागुम्बा मात्र निर्यात भएको हो ।
परिमाणका आधारमा गत आर्थिक वर्षभरिको तुलनामा चालु आर्थिक वर्षको सात महिनामै करिब दोब्बर बढी यार्सागुम्बा निर्यात भएको छ ।