पाठशाला न्यूज
 २०८२ पौष ३, बिहीवार    

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

२०८१ पौष १७, बुधवार ०८:४६ बजे

काठमाडौं- संघीय संसद्अन्तर्गत आज विभिन्न तीनवटा समितिको बैठक बस्दै छ ।

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ः१५ मा बस्दै छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारिहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठक पनि आज बस्दै छ । बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा समितिले मिति भदौ ११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाबारे छलफल हुने छ ।