पाठशाला न्यूज
 २०८१ चैत्र ६, बुधवार    

राजदुतहरुको संसदीय सुनवाई आजबाट

२०८१ श्रावण २९, मङ्गलवार ०७:०१ बजे

काठमाडौं- केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदुतको आज देखी सुनवाई सुरु हुने भएको छ ।

हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मङ्गलवार देखि सुरु हुन लागेको हो  । 

संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर जबराले जानकारी दिएका छन् ।

उनका अनुसार सो सुनवाई प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । उनका अनुसार १२ः३० वाट सुरु हुनेछ ।