पाठशाला न्यूज
 २०८१ बैशाख २८, शुक्रबार    

व्यावसायी सोभित सिलवाललाई रौतहट तरुण दलको जिम्मेवारी

२०८० असार २८, बिहीबार २३:२१ बजे

दिपु मिश्र
चन्द्रपुर–नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारी रौतहटका युव नेता एवं सफल व्यावसायी शोभित सिलवालले पाएका छन् ।
विहिवार रौतहट तरुण दलका सभापति मो.नौसाद आलमले व्यावसायी सिलवाललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् । पुर्व सभापति आलम दलको निर्णय अनुसार आफु केन्द्रीय सदस्यमा मनोनित भएकोले सिलवाललाई जिल्लाको कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरेको जानकारी दिएका छन् ।
वर्तमान कार्यवाहक सभापति सिलवालले नेपाल तरुण दलको निति,सिद्धान्त,आदर्श र विधानको परिधिमा रही आफुलाई दिईएको जिम्मेवारी बहन गर्ने पाठशाला न्युजलाई जानकारी दिएका छन् ।