पाठशाला न्यूज
 २०८२ वैशाख १२, शुक्रवार    

साफ महिला च्याम्पियनसिप बंगलादेशलाई, महानगरद्वारा महिला टिमलाई २५ लाख सहित सम्मान

२०८१ कार्तिक १५, बिहीवार ०८:२१ बजे

काठमाडौं- साफ महिला च्याम्पियनसिपको बुधवार दशरथ रंगशालामा भएको फाइल खेलमा नेपाललाई २–१ ले हराउँदै बंगलादेशले उपाधि जितेको छ भने नेपाल उपविजेता बनेको छ। 

साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला टिमलाई काठमाडौं महानगरपालिकाले २५ लाख रुपैयाँसहित सम्मान गरेको छ ।

‘पराजित भएर पनि देशलाई जोड्ने खेलाडीहरूलाई हार्दिक बधाई । नेताले टुक्राएको देशलाई सधैँ यसरी नै जोड्ने काम गरिराख्नुहोला,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

नेपाली महिला टिमले हारेको यो १२औँ फाइनल हो । साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।