पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

गत एक वर्षमा ७ लाख बढीले लिए श्रम स्वीकृती, चैतमा मात्रै ७१ हजार विदेशिए

२०८१ बैशाख ९, आईतबार १६:१९ बजे

काठमाडाैं- वैदेशिक रोजगारीको लागि गत एक बर्षमा (२०८० को बैशाख देखि चैत) ७ लाख ११ हजार ३४२ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन्।

२०८० सालको वैशाखमा ५४ हजार ४५७ जना र जेठमा ५९ हजार ४ जनाले ४२ जनाले स्वीकृति लिएका छन् । विभागका अनुसार असारमा ५५ हजार २ सय ९९ जना, साउनमा ५५ हजार ५ सय ७५ जना, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार दुई सय ३५ जनाले श्रम स्वीकृती लिएका छन् ।

यस्तै कात्तिकमा ४३ हजार ६ सय २२ जनाले श्रम स्वीकृती लिएका छन् भने मङ्सिरमा ७१ हजार दुई सय ७६ जनाले स्वीकृती लिएका छन् । यो वर्ष सबैभन्दा धेरै मंसिरमा बाहिरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

यसैगरी, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७ र फागुनमा ६५ हजार छ सय ५८ जना, र चैतमा ७० हजार ९३३ जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चैतमा श्रम स्वीकृति लिनेमा ६४ हजार २४१ जना पुरुष रहेका छन् भने ६ हजार ६९२ महिला रहेको विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृती र पुन श्रम स्वीकृती लिनेको संख्या हो । चैत महिनामा ४२ हजार ४९० जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २८ हजार ४४३ जनाले पुनः श्रम स्वीकृती लिएका छन् । नयाँ श्रम स्वीकृती लिनेमा ३७ हजार ७७० जना पुरुष छन् भने ४ हजार ७२० जना महिला रहेका छन् ।

अहिले पनि अदक्ष र अर्धदक्ष नेपाली कामदर विदेश गइरहेका छन् । सीपयुक्त जनशक्तिको तुलनामा अदक्ष र अर्धदक्ष कामदार कमै मात्रामा बाहिरिए पनि पूर्णरुपमा न्यूनीकरण भने भएको छैन। श्रम स्वीकृति लिनेमध्ये १३ हजार ३७३ जना अदक्ष अर्थात सीप नभएका छन् ।

यस्तै ५१ हजार ३२८ जना सीप भएका, ५ हजार ६८४ जना अर्धदक्ष, ४८२ जना प्रोफ्रेशनल र ६६ जना उच्च दक्ष हासिल गरेका नेपाली कामदारले श्रम स्वीकृति लिएका छन् ।

चैतमा सबैभन्दा धेरै १७ हजार ८ सय १८ जना यूएई गएका छन्। नेपाली कामदारहरुको रोजाइमा यूएईपछि साउदी अरेबिया आकर्षण गन्तव्य बनेको छ। साउदी जानेको संख्या १३ हजार ६ सय ४१ रहेको छ ।

यस्तै, मलेसियाको लागि १२ हजार ६ सय २ जनाले श्रम स्वीकृती लिएका छन् भने कतारको लागि ११ हजार २ सय ४ जना, कुवेतमा ४ हजार ७६ जना र बहराइनमा ९ सय ६४ जना ले श्रम स्वीकृति लिएका छन्।

यसैगरी, रोमनियामा २ हजार २ सय ९९ जना, क्रोएसियामा ९ सय ६० जना, साइप्रसमा ७ सय ८१ जना, जापानमा १ हजार ३ सय ५१ जना, मालदिभ्समा ४ सय ९३ जना, मौरिससमा ६ सय २० जना र दक्षिण कोरियामा ६ सय ५७ जनाले श्रम स्वीकृती लिएका छन् ।

एक महिनामा यति धेरैले श्रम स्वीकृति लिएको यो दोस्रो हो। यसअघि गत मंसिरमा ७१ हजार २४६ जनाले श्रम स्वीकृति लिएका थिए।