पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

एमालेको मधेस प्रदेश अधिवेशन जारी, प्रदेश पदाधिकारीहरु सर्वसम्मत चयन हुने निश्चित, घोषणा हुन बाँकी

२०८० आश्विन २६, शुक्रवार १५:५९ बजे

काठमाडौं- जनकपुरधाममा गत २४ गते देखि सुरु भएको नेकपा एमालेको मधेस प्रदेश अधिवेशनमा नेकपा एमाले मधेश प्रदेश पदाधिकारीहरु चयन सर्वसम्मत रूपमा चयन हुने निश्चित भएको छ । 

अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सहित पाँच पदाधिकारीहरु सर्वसम्मत चयन भएका हुन्। मण्डल सिराहाको पार्टी जिल्ला अध्यक्ष थिए। 

उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) चयन हुनुभएको छ । अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका केन्द्रीय सदस्य पुर्व माननिय रेखा कुमारी झाले पाठशाला न्युजलाई जानकारी दिनुभयो ।

हाल पदाधिकारीहरु र सदस्यहरुको निर्वाचन प्रकिया चलिरहेको छ । सर्वसम्मत भएका सबै पाँच पधाधिकारीलाई निर्वाचन प्रकियाले अनुमोदन गर्न बाँकी रहेको तथा यि पदहरूमा एक भन्दा बढी उमेदवारी नदिने सहमति अनुसार कसैले उम्मेदवारी नदिएको जानकारी नेता झाले दिनुभयो । 

जनकपुरधाममा बुधबारदेखि जारी एमालेको प्रथम मधेस प्रदेश अधिवेशनमा बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कसरतपछि पदाधिकारीमा सहमति जुटेको हो ।

निर्वाचन प्रक्रियाले उहाँहरूको नाम अनुमोदन गर्ने उहाँको भनाइ छ । ‘यो पदहरुका मनोनयन दर्ता भइरहेको छ । यी पदहरुमा एक जनाभन्दा बढीले उम्मेदवारी नदिने सहमति भएको छ ।'

अब निर्वाचन प्रक्रियालाई अन्तिम रुप दिएर सकेसम्म सदस्यहरुसहित पदाधिकारी चयन गरेरै नयाँ नेतृत्वको घोषणा गर्ने एमालेको तयारी बिच बिहिबार साढे ५ बजे निर्वाचन तालिका र प्रतिनिधिहरुको नामावली प्रकाशन भएको थियो। 

हाल अधिवेशनमा निर्वाचन प्रकिया चलिरहेको छ । ईच्छुक प्रतिनिधिहरुले आफ्नो उमेदवारी मनोनयन दर्ता गराईसकेका छन् भने यस पछि उमेदवारी फिर्ता, दावि बिरोधको प्रकिया हुँदै निर्वाचन प्रकिया अगाडि बढ्ने छ ।