पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

बेलायतका राजा चार्ल्स तृतीय अस्पताल भर्ना

२०८० माघ १३, शनिवार ०७:३७ बजे

लन्डन- बेलायतका राजा चार्ल्स तृतीय ठूलो प्रोस्टेटको उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

निर्धारित उपचारको लागि शुक्रबार लन्डनको एक निजी अस्पतालमा भर्ना गरिएको हो । 

जसलाई बकिंघम प्यालेसका अनुसार राजाको हालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको उपचार प्रभावकारी र सकारात्मक भएको भन्दै दरबारले खुसी ब्यक्त गरेको छ ।

‘महाराजाले स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिनु भएको छ,’ दरबारद्दारा जारी बिज्ञप्तिमा भनिएको छ ।

राजाको उपचारमा कुनै थप अपडेट गरिएको छैन । यो अझै अस्पष्ट थियो छ उनी कति समयसम्म अस्पतालमा रहनेछन्  ।