पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

कतारको मध्यस्थतामा रुसले अपहरण गरेका २० हजार मध्ये ४ युक्रेनी बालबालिकाहरुलाई फिर्ता गर्ने

२०८० आश्विन २९, सोमवार २१:५२ बजे

काठमाडौं : रुसले चार जना युक्रेनी बालबालिकाहरुलाई कतारले मध्यस्थता गरि भएको सम्झौता अनुसार उनिहरुका परिवारलाई फिर्ता गर्न सहमत भएको छ ।
यसैअघि रुस युक्रेन युद्धमा करिब २० हजार युक्रेनी बालबालिकाहरुलाई रुसले अपहरण गरि लगेको र ति बालबालिकाहरु सबैको पहिचान गरेको युक्रेनको दाबी रहदै आएको थियो जसलाई तत्कालीन समयमा रुसि अधिकारीहरुले अस्वीकार गरेका थिए । बालअधिकार र पुनर्वासका लागि युक्रेनी राष्ट्रपतिका सल्लाहकार डारिया गेरासिम्चुकका अनुसार रुसले युक्रेनी बालबालिकाहरुलाई रुसि नागरिक बनाएर बास्तविक परिवार र देशभक्तिबाट बिमुख गराएर रुसि देशभक्ति सिकाइरहेको दाबी गरिएको छ ।
यसै सन्दर्भमा रुसि राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बालअधिकार आयुक्त मारिया लभोभा–बेलोभालाई युक्रेनी बालबालिकाको गैरकानूनी निर्वासनको आरोप लगाउँदै गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी समेत जारी गरेको थियो ।
तर हाल आएर रुसले ति बालबालिकाहरुलाई खतराबाट जोगाउन बिशुद्ध मानविय उदेश्यले लगिएको जनाएको छ ।

यस सन्दर्भमा बेलोभाले उनको टेलिग्राम च्यानलमा एक पोस्टमा राष्ट्रपति पुटिनलाई उद्घृत गर्दै भनिन्
“हामी बालबालिकालाई उनीहरूको परिवारसँग पुनर्मिलन गर्ने विरुद्धमा कहिल्यै थिएनौं । मध्यस्थता पछि फर्किने चार बालबालिकामध्ये एक सात वर्षीय बालकको शुक्रबार आफ्नो हजुरआमासँग पुनर्मिलन भएको थियो ।
अन्य तीन जना बालबालिकाहरू मंगलबार पछि तिनीहरूको परिवारसँग युक्रेनमा पुनर्मिलन हुने अनुमान गरिएको छ ।
कतारले चारजनालाई फिर्ता गराउन मध्यस्थता गर्नुअघि हालसम्म करिब ४०० युक्रेनी बालबालिका मात्रै फर्किएको अनुमान गरिएको छ । कतारी मन्त्री लोलवाह अल खाटरले एक विज्ञप्तिमा मध्यस्थताको पुष्टि गर्दै स्वदेश फिर्तालाई “पहिलो कदम मात्र“ भने । “हामी सम्पूर्ण प्रक्रियामा दुबै पक्षले देखाएको प्रतिबद्धता र खुलापनबाट प्रोत्साहित छौं, जसबाट हामी ईमानदारीपूर्वक आशा गर्दछौं कि दुई पक्षहरू बीचको तनाव घटाउने र विश्वास निर्माण गर्ने उद्देश्यले थप पहलहरू हुनेछन्,“ उनले थपे ।