पाठशाला न्यूज
 २०७९ चैत्र १९, आईतबार    

युवा व्यावसायी बोगटीद्धारा प्रोजेक्टर हस्तान्त्रण

२०७९ मंसिर ६, मंगलबार १५:४८ बजे

चन्द्रपुर– रौतटह जिल्ला चन्द्रनिगाहपुरका एक युवा व्यावसायी एवं समाजसेवीले गाउका युवाहरुलाई फुटबल खेल (व्लडकप २०२२) हेर्नको लागि एक थान प्रोजेक्टर हस्तान्त्रण गरेका छन् ।
मंगलबार चन्द्रपुर नगरपालिका वडा नम्बर ४ दुर्गा मन्दिरका युवाहरुलाई प्रोत्साहन गर्दै फुटबल खेल (व्लडकप २०२२) हेर्नको लागि रौतहटका युवा व्यवसायी राजन बोगटीले एक थान प्रोजेक्टर हस्तान्त्रण गरेका हुन् । उनले आफ्नो व्यतिगत खर्चमा दुर्गा मन्दिर समितीका युवाहरुलाई प्रोजेक्टर हस्तान्त्रण गरेका हुन्। हस्तान्त्रण गरिएको प्रोजेक्टर भोलिको दिनमा दुर्गा मन्दिर समितिद्धारा आयोजना हुने बिभिन्न धार्मिक कार्याक्रमहरुमा समेत प्रयोग गरिने युवा व्यवसायी बोगटीले जानकारी दिएका छन् ।