पाठशाला न्यूज
 २०८२ मंसिर २३, सोमवार    

कोशी प्रदेशको पहाडी भू-भागका केहि स्थानमा हल्का वर्षाको सम्भावना

२०८१ मंसिर २१, शुक्रवार ०६:५१ बजे

काठमाडौं- हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहे पनि स्थानीय वायु सक्रीय हुँदा आंशिक बदलीदेखि हल्का छिटफुट वर्षाको पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानूमान महाशाखाका अनुसार आज कोशी प्रदेश र गण्डकी प्रदेश लगायत बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भेगको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यस्तै, राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।