पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

बेपत्ता अमेरिकी F-35 लडाकू जेटको भग्नावशेष फेला

२०८० आश्विन २, मङ्गलवार १०:०३ बजे

अमेरिका–आईतबार हराएको अमेरिकी F-35 लडाकू जेटको भग्नावशेष फेला पारेको अमेरिकी सेनाले बताएको छ।

मरीन कोर्प्सको संयुक्त आधार चार्ल्सटनका अनुसार आइतबार दिउँसो बेपत्ता भएको F-35B लाइटनिंग जेटको भग्नावशेष सोमबार दक्षिण क्यारोलिनाको ग्रामीण विलियम्सबर्ग काउन्टीमा अवस्थित भेटीएको थियो।

संयुक्त आधार चार्ल्सटनका कर्मचारीहरूले, स्थानीय अधिकारीहरूको समन्वयमा, विलियम्सबर्ग काउन्टीमा एउटा भग्नावशेष क्षेत्र फेला पारेका थिए। भग्नावशेष जेबी चार्ल्सटनको दुई घण्टा उत्तरपूर्वमा फेला परेको थियो । आईतबार उक्त विमान दुर्घटनाग्रस्त हुनु भन्दा अगाडी विमानका पाईलट विमानबाट अज्ञात कारणवश आपतकालिन बहिर्गमन भएका थिए।