पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

चन्द्रपुर नगरपालिकाले कक्षाका प्रथम बिद्यार्थीलाई फेल र पाँच बिषय लागेकालाई गरायो पास

२०८१ बैशाख १५, शनिबार १५:५८ बजे

प्रिमेश शिवाकोटी 

रौतहट- चन्द्रपुर नगरपालिकाको शिक्षा समिति र नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलको चरम लापरवाहीले आफ्नो कक्षामा प्रथम रहेका बिद्यार्थी फेल र पाँच बिषय लागेका अधिकांश विद्यार्थीहरु पास गरिएका छन्। 

आफ्नो कमजोरी लुकाउन फेललाई पास गरी चन्द्रपुर नगरपालिकाको नगर शिक्षा समितिले परिक्षाफल नै उल्ट्याएको छ। 

श्री मा.वि. जुडिबेलाका कक्षा ८ मा अध्ययनरत जेहेन्दार र होनाहार विद्यार्थीलाई फेल गराएर परिक्षाफलको वास्तविक प्राप्ताङ्क भन्दा फरक तथ्यांक ईमिस प्रणालीमा दाखिला गर्दा श्री मा.वि.जुडिबेलाका सन्देश श्रेष्ठ फेल हुनुपरेको हो । 

उनि आफ्नो कक्षाका प्रथम बिद्यार्थी हुन् । पारिवारिक श्रोतका अनुसार फेल भएको खबर सुनेपछी श्रेष्ठ तनावमा छ्न्। उनी परिक्षाफल सुनेपछी रुदै बस्दै गरेको उनका बाबू सानू श्रेष्ठले बताए ।

सिम्बल नम्बर ८०००५४६ भएका श्रेष्ठको परिक्षाफलमा (एनजी)ग्रेड नभएको भनेर परिक्षाफल प्रकाशित भएको छ ।

उनको अनुसार कम्प्युटर साइन्स बिषयको प्रश्न पत्रमा त्रुटि हुँदा ४अङ्क प्राप्ताङ्कबाट बन्चित भई आफु नगरले छापेको त्रुटि पूर्ण प्रश्नपत्रको सिकार हुनुपरेको बताउछन्। 

कम्प्युटर साईन्सको प्रश्न पत्रमै त्रुटी भेटीएपनि त्यसलाई नसच्याईदा धेरै विद्यार्थी फेल हुन पुगेको घट्नालाई छामछुम बनाउन नगर शिक्षा समिती लागेकाले बिद्यार्थीको भविष्यमाथी खेलवाड भएको अभिभावकहरुको समेत आरोप छ । 

चन्द्रपुर नगरपालिका र शिक्षा शाखाको लापरबाहीले सिमा नाघेको छ । कक्षा ८ को परिक्षाफल प्रकाशन अगावै बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष र प्रधानाध्यापकहरुको बैठक राखी नगर शिक्षा अधिकारी दिपेन्द्र मण्डलले धेरै विद्यालयका विद्यार्थीहरु फेल भएको भन्दै कसरी मिलाउने भनेर छलफल गरेका थिए ।

तीन देखि पाँच बिषयमा फेल भएका नगरका करिब ७० प्रतिशत अनुत्तीर्ण विद्यार्थीहरुलाई उत्तिर्ण गराउन मण्डलले प्रधानाध्यापक र बिद्यालय व्यावस्थापन समितीका अध्यक्षहरुलाई परिक्षाफल प्रकाशित हुनु अगावै आकस्मिक बैठक गराएका हुन्।

नगर शिक्षा शाखाका प्रमुख मण्डलले डाकेको सो बैठकमा सामुदायिक तथा निजी बिद्यालयका सञ्चालक, प्रधानाध्यापक र बिद्यालय व्यावस्थापन समितीका अध्यक्षहरु बिच कसको बिद्यालयमा कति विद्यार्थी उतिर्ण भए भन्ने पहिलो विषयमा छलफल चलेपछी 

७०% विद्यार्थी फेल रहेको जानकारी मण्डलले उनिहरुलाई दिए । त्यसपछी नगरको शिक्षा खस्केको रहस्य लुकाउन केही निजी र केही सामुदायिक बिद्यालयका सञ्चालक अनि प्रधानाध्यापकहरु र मण्डलको सक्रियतामा नतिजा उल्ट्याएर ७० %पास र ३०% फेल हुनेगरि बिद्यालय स्तर एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली (ईमिस) मा गलत प्राप्ताङ्क दाखिला गराउने आर्थिक चलखेलतर्फ मण्डल अग्रसर बने । 

केही प्रधानाध्यापकहरुले रिजल्ट जस्तो आएको छ त्यस्तै प्रकाशन गर्नुपर्ने भन्दै दिएको सल्लाहलाई समेत मण्डलले नटेरेको स्वयंम बैठकमा सहभागी भएका केही प्रधानाध्यापकहरुले बताएकाछन्। 

बैठकमा नगरले बिद्यालय र विद्यार्थीहरुलाई दिने सुविधा बढाउनेतर्फ नसोचेको भन्दै प्र.अहरुले नगर शिक्षा अधिकारी मण्डलको आलोचना समेत गरेका थिए।