पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

नेकपा एकीकृत समाजवादीको भागमा २ मन्त्रालय

२०८० फाल्गुण २३, बुधवार १५:५६ बजे

फाइल तस्वीर
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले सङ्घीय मामिला तथा सामान्य प्रशासन र शहरी विकास मन्त्रालय पाउने भएको छ ।
सत्ता गठबन्धनमा गरिएको मन्त्रालयीय भागबन्डाअनुसार एकीकृत समाजवादीको भागमा यी दुई मन्त्रालय परेको हो । एकीकृत समाजवादीको अहिले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पार्टीका तर्फबाट सरकारमा क–कसलाई पठाउने भन्ने सन्दर्भमा बैठकमा छलफल चलिरहेको छ । बैठकस्थलबाट पार्टी उपाध्यक्ष डा. वेदुराम भुसालले संचारकर्मीसंग भने, “मन्त्रालय टुङ्गिएको छ । पात्रका विषयमा छलफलमै छौँ । चाँडै टुङ्ग्याउँछौँ ।”