पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक राईविरुद्ध पक्राउ पुर्जी

२०८० भाद्र २६, मङ्गलवार ०६:३५ बजे

काठमाण्डौं–ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जिबी राईविरुद्ध पक्राउ पुर्जी जारी, सहकारीका बचतकर्ताको अरवौं ठगेर भागे !
सहकारी ठगी प्रकरणमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था अध्यक्ष जिबी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
करिब १ हजार बचतकर्ताको उजुरीपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । करिव सवा १ अर्ब रूपैयाँ हाराहारी ठगी गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गर्न उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
हाल सूर्यदर्शनको अध्यक्षमा थानबहादुर बुढा अध्यक्ष छन् । सहकारीको कोषाध्यक्षमा आफु ग्यालेक्सी टिभीकै संचालक बताउने कुमार रम्तेल छन् । जिबी ग्यालेक्सी फोर के टिभीका सञ्चालक र रम्तेल त्यसैमा संलग्न छन् । उनीहरुमध्ये दुबै प्रहरीको निगरानीमा रहेको पनि कोहि पनि पक्राउ नपरेको बताइएको छ ।
सहकारी ठगी प्रकरणमा हाकिमहरु भूमिगत प्रायः भएपछि ग्यालेक्सी टेलिभिजनमा समेत तलवको समस्या देखिएको छ ।
लामो समयदेखि टेलिभिजनमा कर्मचारीहरुले तलव पाएका छैनन् । अव राई र रम्तेल पक्राउ परेपछि टेलिभिजन चल्छ वा केदार शर्मा पक्राउ पर्दा अर्थ न्युज टेलिभिजन बन्द भएजस्तै ग्यालेक्सी पनि बन्द हुन्छ भन्ने विषय भने अझै अन्यौलको विषय बनेको छ ।