पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

८ सय करोड क्लब नजिक एनिमल

२०८० पौष १, आईतबार १०:१० बजे

मुम्बई : फिल्म एनिमलले रिलिजको १५ औँ दिन विश्वभर बक्स अफिसमा १३ करोड १५ लाख रुपैयाँ कमाएको छ । फिल्मको कुल कमाई ७९७ करोड पुगेको छ ।
चलचित्र अहिले तेस्रो हप्तामा प्रवेश गरेको छ । शुक्रबार भारतमा ८ करोड २ लाख रुपैयाँ कमाएको छ । योसँगै यसको देशभरबाट कुल आम्दानी ४८४.८६ करोड पुगेको छ ।
विश्वभरि सबैभन्दा धेरै कमाउने शीर्ष १० हिन्दी फिल्महरू
दंगल – १८६८.०३ करोड
जवान – ११४८.३२ करोड
पठान – १०५०.३ करोड
बजरंगी भाईजान – ८१८.१८ करोड
सीक्रेट सुपरस्टार– ८७५.७८ करोड
एनिमल– ७९७.६ करोड८
पीके– ७६९.८९ करोड
गदर– २– ६९१.०८
सुल्तान– ६१४.४९
सञ्जु– ५८६.८५
फिल्मले भारतीय बक्स अफिसमा पहिलो हप्तामा ३३७.५८ करोड कमाएको थियो । यसपछि दोस्रो हप्तामा १३८.२६ करोड रुपैयाँ संकलन गर्यो।
घरेलु बक्स अफिस रेकर्डको कुरा गर्ने हो भने एनिमल हाल ४८४.८६ करोड भारुको साथ चौथो स्थानमा छ। सूचीको तेस्रो स्थानमा सन्नी देओलको ‘गदर–२’ छ जसले ५२५.४५ करोड कमाएको छ । गदर–२ को कीर्तिमान तोड्न घरेलु बीओमा ४० करोड ५८ लाख रुपैयाँ बढी आम्दानी गर्नुपर्नेछ ।
उता विक्की कौशलको फिल्म ‘साम बहादुर’ ले १५ दिनमा भारतमा ६६ करोड ८५ लाखको कलेक्सन गरेको छ । तेस्रो शुक्रबार फिल्मले २ करोड २५ लाख कमायो ।
सामले आफ्नो पहिलो सप्ताहन्तमा ३८.८ करोड र दोस्रो सप्ताहन्तमा २५.८ करोड कमाएको छ । यो फिल्मले अहिलेसम्म विश्वभर ८३.५ करोड कमाइसकेको छ ।