पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

नेपालले १० वस्तु आयातमा खर्चियो साढे २ खर्ब, कुन वस्तु आयातमा कति ?

२०८० फाल्गुण १०, बिहीवार १०:४६ बजे

काठमाडौं- नेपालले चालु आर्थिक वर्ष (२०८०/८१)को सात महिनामा आयात भएका प्रमुख १० वस्तुमा मात्रै मुलुकले २ खर्ब ६१ अर्ब ८७ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ। जुन कुल आयातको करिब ३० प्रतिशत हो ।

नेपालले पछिल्लो ७ महिनामा कुल ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । यस्तै यहि अवधिमा नेपालले प्रमुख १० वस्तुको निर्यातबाट ३३ अर्ब ३० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन कुल निर्यातको करिब ३९ प्रतिशत हो । नेपालले सात महिनाको अवधिमा कुल ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।

नेपालले आयात गरेका प्रमुख १० वस्तु

नेपालले चालु आर्थिक वर्षमा सबैभन्दा बढी डिजेल आयात गरेको छ । नेपालले सात महिनामा ७७ अर्ब ४१ करोड ९८ लाख १९ हजार रुपैयाँ बराबरको डिजेल आयात गरेको हो । नेपालले सात लाख २९ हजार ७५२ किलोलिटर डिजेल आयात गरेको भन्सार विभागले जनाएको छ ।

यस्तै नेपालमा दोस्रो धेरै पेट्रोल हुने आयात हुने गरेको छ । सात महिनाको अवधिमा ३८ अर्ब ८२ करोड ६३ लाख १६ हजार रुपैयाँ बराबरको ३ लाख ९१ हजार ४४७ किलोलिटर आयात भएको छ ।

यस्तै, तेस्रो ठूलो आयात एलपी ग्यास भएको छ । सात महिनामा ३० अर्ब ३१ करोड २४ लाख १७ हजार रुपैयाँ बरारबको २९ करोड ८९ लाख ७५ हजार २२२ केजी ग्यास आयात गरेको हो ।

यसैगरी, सबैभन्दा बढी आयात हुने वस्तुको सूचीको चौँथो स्थानमा कच्चा फलाम जन्य पदार्थ आयात भएको छ । कच्चा फलाम जन्य पदार्थ २२ अर्ब ६६ करोड ३७ लाख ५५ हजार रुपैयाँ बराबरको ४ खर्ब ६९ अर्ब ९८ करोड २६ लाख ३७ लाख केजी कच्चा फलाम जन्य पदार्थ आयात भएको हो ।

यस्तै, पाँचौ स्थानमा रोल आइरन रहेको छ । सात महिनाको अवधिमा २१ अर्ब ६१ करोड ६ लाख ६७ हजार रुपैयाँ बराबरको २५ करोड २ लाख ६१ हजार ७६८ किलो आयात भएको छ ।

यसैगरी, आयात हुनेको छैंटौ स्थानमा स्मार्टफोन रहेको छ । नेपालले सात महिनामा १७ अर्ब ३८ करोड ३६ लाख ९१ हजार रुपैयाँ बराबरको ११ लाख २६ हजार ७४७ पिस स्माट फोन आयात गरेको हो ।

यस्तै, आयातको सातौँ स्थानमा औषधीजन्य उत्पादनहरु रहेका छन । उक्त अवधिमा १६ अर्ब १२ करोड ७० लाख ५९ हजार रुपैयाँ बराबरको ८४ लाख २५ हजार १९ केजी औषधीजन्य उत्पादनहरु आयात भएको छ ।

सबैभन्दा धेरै आयात हुने वस्तको आठौँ स्थानमा कोइलाजन्य पदार्थ आयात भएको छ । १२ अर्ब ९५ करोड ७० लाख ४१ हजार रुपैयाँ बराबरको ७४ करोड ८८ लाख ५५ हजार १४० केजी कोइला आयात भएको हो ।

दशौँ धेरै आयात हुनेको सूचीमा हवाई इन्धन रहेको छ । चालु आवको सात महिनामा ११ अर्ब ९८ करोड ४० लाख २० हजार रुपैयाँ बराबरको १ लाख १० हजार १०० किलोलिटर हवाई इन्धन आयात भएको छ ।

निर्यात भएका प्रमुख १० वस्तुहरु

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा नेपालले १० वस्तुको निर्यातबाट ३३ अर्ब ३० करोड ९८ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको छ ।

जसमा नेपालले सबैभन्दा धेरै निर्यात कार्पेट गरेको छ । विभागको तथ्यांक अनुसार नेपालले यस अवधिमा २ लाख ४४ हजार ५९ स्क्वायर मिटर कार्पेट बिक्रीबाट ६ अर्ब ७ करोड ५८ लाख ५१ हजार रुपैयाँ आर्जन गरेको छ ।

यस्तै, नेपालबाट दोस्रो धेरै निर्यात हुने वस्तु अलौँची हो । सात महिनाको अवधिमा ४ अर्ब ४४ करोड ३५ लाख २७ हजार रुपैयाँ बराबरको ३१ लाख ८३ हजार ५ सय ६० केजी अलैँची निर्यात भएको छ ।

यस्तै निर्यातको तेस्रो स्थानमा जस्ताको पाता र रोल्ड आइरन छ । जस्ताको पाता र रोल्ड आइरन ४ अर्ब २१ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको ३ करोड २८ लाख ६ हजार २८९ केजी आयात भएको छ ।

यस्तै निर्यातको चौथो स्थानमा पाम तेलको निर्यात भएको छ । ७ करोड ९२ लाख ६० हजार ३४८ लिटर तेल निर्यातबाट नेपालले ३ अर्ब १५ करोड ८२ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ ।

निर्यातको पाँचौ स्थानमा फलफूलको जुस निर्यात गरेको छ । नेपालबाट सात महिनाको अवधिमा ३ अर्ब ३ करोड ५ लाख ४५ हजार रुपैयाँ बराबरको ३ करोड ३१ लाख ६४ हजार ३११ लिटर निर्यात गरेको छ ।

यस्तै नेपालले निर्यात गरेको वस्तुको छैटौं स्थानमा पाता र रोल्ड आइरन रहेको छ। १९ अर्ब ९४ करोड ७७ लाख ८३ हजार रुपैयाँ बराबरको पाता र रोल्ड आइरन निर्यात गर्दा २ अर्ब ७५ करोड ३२ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ।

यसैगरी, सातौं ठूलो निर्यात प्रिगिनेन्सी किट निर्यात भएको छ । नेपालबाट ९ लाख ६ हजार ४२५ केजी प्रिगिनेन्सी किट निर्यात गर्दा २ अर्ब ५७ करोड ५८ लाख ८६ हजार रुपैयाँ आर्जन भएको छ ।

निर्यातको आठौं स्थानमा जुट रहेको छ । सात महिनाको अवधिमा २ अर्ब ४८ करोड ८० लाख ६ हजार रुपैयाँ बराबरको ५ करोड ६८ लाख ६९ हजार ६९७ स्क्वायर मिटर जुट निर्यात भएको छ ।

यस्तै निर्यातको नवौँ स्थानमा लेमिनेटेड प्लाई रहेको छ । लेमिनेटेड प्लाई ६ करोड ५२ लाख ४४ हजार ७४० केजी निर्यात भएको छ । जुसलाई २ अर्ब ३२ करोड ७७ लाख ३९ हजार रुपैयाँ पर्छ ।

यसैगरी निर्यातको दशौँ स्थानमा पोलिष्टर धागो रहेको छ । नेपालले चालु आवको सात महिनाको अवधिमा २ अर्ब २४ करोड ४ लाख ३७ हजार रुपैयाँ रहेको बराबरको १ करोड १० लाख ५३ हजार ६४७ केजी धागो निर्यात गरेको छ ।