पाठशाला न्यूज
 २०८२ मंसिर २३, सोमवार    

बिना अनुमति बिदेश भ्रमण गरेका प्रदेश मन्त्री अधिकारीले नैतिकताको गफ दिदैं दिए राजिनामा

२०८१ कार्तिक २१, बुधवार १४:४३ बजे

बिराटनगर- कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले बिना अनुमति बिदेश भ्रमण गरेपछि उल्टै नैतिकताको गफ दिदैं आज मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका छन्। मन्त्री अधिकारीले सरकारसँग अनुमति नलिइ विदेश भ्रमण गएको विषय विवादित भए पछी आज बुधवार राजिनामा बुझाएका हुन्।

राजीनामा बुझाए लगत्तै आयोजित प्रेस सम्मेलनमा उनले नैतिकताको खडेरी भएका बेला आफुले नैतिकताको उच्च प्रदर्शन गरेको दाबी गरेका हुन् ।

मन्त्री अधिकारीले गत कात्तिक १३ गते उनी कसैलाई जानकारी नगराइ जापान गएका थिए । तिहार विदा परेकाले आफ्नो भ्रमणबारे जानकारी गराउन नसकेको उनले दाबी गरे। टोकियो महानगरले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आफु जापान गएको उनले बताए। 

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने कानुनी व्यवस्था छ। 

उनी नेकपा एमालेको तर्फबाट कोशी प्रदेश सरकारमा सामेल थिए। मोरङको क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।