पाठशाला न्यूज
 २०८१ बैशाख २५, मंगलबार    

मधेशमा सत्ता गठबन्धनका ढुंगाना र चौधरीले गरे मनोनयन दर्ता

२०८० पौष २३, सोमबार १६:१७ बजे

जनकपुरधाम : मधेश प्रदेशमा सत्ता गठबन्धनबाट राष्ट्रियसभा सदस्यका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना अन्य र जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराएकी हुन् ।
राष्ट्रिय सभा सदस्यका रिक्त अन्य र महिला समूह तर्फ दुई पदका लागि निर्वाचन हुन लागेको छ ।
गठबन्धनबाट मनोनयन दर्ता गराउने ढुंगाना धनुषाका हुन् भने चौधरी रौतहटकी हुन् ।