पाठशाला न्यूज
 २०८२ माघ ७, मङ्गलवार    

आज चार प्रदेशका उच्च पहाडी र हिमाली भूभागहरूमा हिमपातको सम्भावना

२०८१ मंसिर २३, आइतवार ०७:१६ बजे

काठमाण्डौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ। साथै तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु पनि लागेको छ। देशभरको मौसम मुख्यतया सफा रहने छ। 

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ।

त्यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतयादेखि पूर्णतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै गण्डकी बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।