पाठशाला न्यूज
 २०७९ आश्विन १७, सोमबार    

बिजुली चम्किएको बेला किन नुहाउनु हुँदैन

२०७९ भाद्र २१, मंगलबार १३:४१ बजे

काठमाडौं–अहिले वर्षात्को समय हो । यो बेला ठाउँ ठाउँमा मेघ गर्जिने, बिजुली चम्किने र वर्षा हुने भइरहेको हुन्छ । वर्षातसँगै बिजुली चम्किने मेघ गर्जिने तथा चट्याङ पर्ने घटना प्रि–मनसुन तथा मनसुन अवधिको अन्त्यतिर अझै धेरै हुने गर्दछ ।

यस्तोमा चट्याङ्गबाट कसरी बच्‍ने भन्ने कुराको ज्ञान सबैमा हुनु आवश्यक हुन्छ । विश्वमा हरेक वर्ष चट्याङ्ग लागेर करीब २४ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ भने करीब अढाई लाख मानिस चट्याङ्ग लागेर घाइते बनेका हुन्छन् ।

 आकास गर्जिएको, चट्याङ्ग परिरहेको तथा हावा हुण्डरी चलिरहेको बेलामा रुखमुनि तथा घरको झ्याल नजिक बस्नुहुँदैन भन्ने त हामीलाई थाहै छ । त्यस्तै यस्तो बेलामा तारवाला टेलिफोनमा पनि कुराकानी गर्नु सुरक्षित हुँदैन ९यद्यपि मोबाइल फोनलाई भने सुरक्षित मानिन्छ ।

तर बिजुली चम्किरहेको, आकाश गर्जिरहेको तथा ठाउँठाउँमा चट्याङ्ग परिरहेको बेला नुहाउनु हुँदैन र भाँडाकुँडा समेत धुनुहुँदैन भन्ने कुरा धेरैलाई थाहा नहुन सक्दछ ।

गर्जन र चट्याङको सम्बन्ध

दुईवटा प्राकृतिक तत्वका कारण बादल गर्जिन्छ स् आद्रता र बढ्दो तातो हावा । गर्मीमा यी दुबै चिज सँगसँगै चल्दछन्। धेरै तापमान तथा आद्रताले ठूलो परिमाणमा ओसिलो हावा बनाउँदछ, जुन वायुमण्डलमा माथितर्फ उड्दछ जहाँ मेघ गर्जन हुन्छ ।

बादलमा धेरै पानी तथा बरफका थोपा हुन्छन् । जब यी आपसमा मिल्दछन् तब त्यसबाट बिजुली पैदा हुन्छ । पानीका थोपाहरु भ्mरिरहेका बरफका थोपासँग ठक्कर खान्छन् र त्यसमा नेगेटिभ चार्ज प्रवाह गर्दछन् र आफैमा पोजिटिभ चार्ज ।

जब मेघ गर्जनसहित वर्षा हुन्छ तब बादलले भान डी ग्राफ जेनेरेटर जस्तै काम गर्दछ । जसले बादलभित्र ठूलो परिमाणमा पोजिटिभ र नेगेटिभ चार्जलाई छुट्टाउँदछ ।

जब गर्जने बादल पृथ्वीको सतह माथिबाट गुज्रिन्छ त्यसले जमिनमा एक विपरित चार्ज उत्पन्न गर्दछ । जसका कारण जमिनतर्फ बिजुली वा तिव्र प्रकाश प्रहार गरिरहेको देखिन्छ । आफ्नो उर्जा सन्तुलित गर्नका लागि यसले पोजिटिभ र नेगेटिभ इलाकाको बीच उर्जा डिस्चार्ज गर्दछ । उक्त उत्सर्जनको मार्ग प्रायः कम प्रतिरोध भएको क्षेत्र रहन्छ । त्यसैले धातु जस्तै धेरै सुचालक वस्तुहरुमा चट्याङ पर्ने सम्भावना धेरै हुन्छ ।

त्यसैले आकास गर्जिँदा, बिजुली चम्किँदा तथा चट्याङ्ग परिरहँदा घरभित्रै जानु सुरक्षित हुन्छ । तर यसो भन्नुको अर्थ घरभित्र चट्याङ्गबाट पूर्णरुपमा सुरक्षित भइन्छ भन्ने होइन । घरभित्र पनि यस्ता धेरै चिज हुन्छन् जुन बाहिरी वातावरण जस्तै खतरनाक हुन सक्दछन् ।

किन नुहाउनु हुँदैन

यदि वर्षाको बेला तपाइँले घरबाहिर वर्षातको पानीमै नुहाइरहनु भएको छ वा भिज्नुभएको छ भने तपाइँमाथि चट्याङ पर्ने सम्भावना हुँदैन । तर यदि तपाइँ घरभित्र बाथरुममा नुहाइरहनु भएको छ र त्यसबेला घरमा चट्याङ पर्यो भने त्यो घातक हुन्छ ।

माथि नै उल्लेख गरिए अनुसार चट्याङ पर्दा त्यसको बिजुलीले कम प्रतिरोधक मार्ग रोज्दछ । धातुका पाइप, तार तथा पानी जस्ता चिजहरु बिजुलीको प्रवाहका लागि सुचालक हुन् र चट्याङको प्रवाहलाई यसले सुविधाजनक मार्ग प्रदान गर्दछ ।

नुहाउने शावर तथा धारामा पानी र धातु दुबै हुन्छ, जसका कारण यो चट्याङ्गका लागि आदर्श मार्ग बन्दछ । सोही कारण चट्याङ परिरहेको बेला बाथरुमका धारा तथा पानी समेत खतरनाक हुने भएकाले त्यस्तो बेला नुहाउनु जोखिमपूर्ण हुन्छ । त्यसरी पानी तथा धातुका धारामा चट्याङको करेन्ट प्रवाह भैरहेको बेलामा नुहाउँदा करेन्ट लागेर मृत्यु हुने सम्भावना रहन्छ ।

विज्ञहरुका अनुसार आकाश गर्जिरहेको र बिजुली चम्किरहेको बेला घरभित्र पानीका धारा खोलेर पानी चलाउने, भाँडाकुँडा धुने, बिजुलीबाट चल्ने कम्प्युटर, टिभी, वासिङ मेसिन, डिशवासर जस्ता सामानहरु चलाउने काम गर्नु हानिकारक हुनछ ।

त्यस्तै चट्याङका बेला कंक्रिटको पर्खालमा अडेस लागेर बस्नु वा उभिनु हुँदैन । किनकी कंक्रिट आफैमा सुचालक नभएपनि त्यसभित्र फलामे छड राखिएका भएमा त्यसले बिजुली प्रवाह गर्न सक्दछ । एजेन्सीको सहयोगमा