पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

इजरायलले गाजामा ६ दिनमा ४ हजार टन तौलका ६ हजार बम खसाल्यो

२०८० आश्विन २६, शुक्रवार १०:३३ बजे

काठमाडौं- इजरायलले बिहीबार गाजामा विगत ६ दिनमा ४,००० टन तौलका ६,००० बम खसालेको र १,४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ ।

गाजाका अधिकारीहरूले मृत्यु हुनेमा ४४७ बालबालिका, २४८ महिला र १० स्वास्थ्यकर्मी रहेको बताएका छन् । बिहीबार मात्रै १५० भन्दा बढीको ज्यान गएको थियो भने गाजाका ३ लाख ३८ हजार प्यालेस्टिनीहरूलाई आफ्नो घर छोडेर शरण लिन बाध्य पारेको छ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार कब्जा गरिएको वेस्ट बैंकमा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ भने ६०० भन्दा बढी घाइते भएका छन्।

इजरायली पक्षमा, सशस्त्र प्यालेस्टिनी समूह हमासले शनिबार दक्षिणी इजरायलमा हमला गरेपछि कम्तिमा १,३०० व्यक्तिको मृत्यु भइसकेको छ र कम्तिमा १०० जनालाई बन्दी बनाएको छ।

इजरायलले गाजामा पूर्ण नाकाबन्दी लगाएको छ । खाद्यान्न, पानी, औषधि र इन्धनको पहुँचमा कटौती गरेको छ भने इजरायली सेनाहरूले थल युद्धको समेत तयारी गरिरहेका छन्।