पाठशाला न्यूज
 २०८१ बैशाख १८, मंगलबार    

एन.आई.सी एसिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रममा सहयोग रहन्छ : नगर प्रमुख रावल

२०८० फाल्गुन ४, शुक्रबार ०९:२७ बजे

डडेल्धुरा : एन आई सी एसिया लघुवित्त वित्तीय संस्था लि. उप प्रदेश कार्यालय अमरगढी डडेल्धुरा शाखा अन्तर्गत एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरी रावलले क,ख,ग बर्गका बैंकहरु संग पहुच नभएका,धितो नभएका, बिकट क्षेत्रका जनतालाई समुहको माध्यम बाट सामुहिक जमानीमा बिना धितो सानो सानो कर्जा लगानी र बचत संकलन गरी पिछडीएका क्षेत्रका जनताको आर्थिक तथा सामाजिक बिकासमा लघुवित्त संस्थाहरुको ठुलो योगदान रहेको बताउनु भयो । उहाँले लघुवित्त संस्थाहरुले राष्ट्र बैंकको निती र संस्थाको निती पद्धती अनुसार बचत संकलन तथा लगानी गर्नु पर्ने र सदस्यहरुले पनी कर्जाको सदुपयोग गर्दै आम्दानी बृद्धि गर्दै नियमानुसार कर्जा तिर्नु पर्ने बताउनु भयो । लघुवित्त संस्थाहरुलाई लाई नगरपालिकाको तर्फ बाट पुर्ण साथ र सहयोग रहने नगर प्रमुख रावले बतानु भयो ।
संस्था द्धारा संचालित बिभन्न समुहका प्रतिनिधीहरु सहीत ४० जना सहभागी उक्त कार्यक्रमको संचालन तथा सहजीकरण उप प्रदेश प्रमुख डि.पी तिमिल्सेनाले गर्नु भएको थियो ।
सो कार्यक्रममा कार्यक्रममा बिशिष्ट अतिथी पुर्व नगर उपप्रमुख सरस्वती कोली,ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश कुमार ठकुराठी,अतिथी नेपाली कांग्रेस जिल्ला कार्य समिती बैतडीका कोषाध्यक्ष चक्र बहादुर चन्द लगायतको सहभागिता रहेको थियो ।