पाठशाला न्यूज
 २०८२ पौष १, मङ्गलवार    

दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

२०८१ पौष ४, बिहीवार ०७:२४ बजे

काठमाडौं- व्यवसायी दुर्गा प्रसाईंलाई  २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ ।

न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै बन्दीसहित उपस्थित हुन प्रहरीलाई आदेश गरेको हो ।   

साइबर क्राइम मुद्दामा जिल्ला अदालत काठमाडौंको धरौटीमा रिहा प्रसाईंलाई थप अन्य कसुरमा अनुसन्धान जारी रहेको भन्दै प्रहरीले अदालत परिसरबाटै नियन्त्रणमा लिएको थियो । सङ्गठित अपराध र आपराधिक लाभ कसुरमा अनुसन्धानका लागि भन्दै प्रहरीले प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो । 

जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश गरेको थियो । प्रसाईं मङ्सिर ४ गते पक्राउ परेका थिए।