पाठशाला न्यूज
 २०८१ बैशाख २३, आईतबार    

ललिता निवास प्रकरणमा पूर्वमन्त्री जोशी र गच्छदारले पाए सफाइ

२०८० फाल्गुन ३, बिहीबार २०:४२ बजे

काठमाडौं : ललिता निवास प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशी र विजय गच्छदारले सफाई पाएका छन् । 
विशेष अदालत,काठमाडौंका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले पूर्व मन्त्री जोशीलाई सफाइ दिएको हो । उनीसँगै पूर्व सचिव दिनेश अधिकारीले पनि सफाइ पाएका छन् ।
यता गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आज सफाइ पाएका हुन् ।
अख्तियारले उनीमाथि नक्कली मोही खडा गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको आरोप लगाएको थियो ।