पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

नेपाली कांग्रेसले आउने निर्वाचनमा गठबन्धन नगर्ने : केन्द्रीय सदस्य डा. संग्रौला

२०८० चैत्र १५, बिहीबार १३:४४ बजे

रौतहट : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेपाली कांग्रेस पार्टीले आउने निर्वाचनमा कुनै राजनीति पार्टी संग गठबन्धन नगर्ने बताएकि छन् ।
काँग्रेसको रुख छापलाई मात्र कार्यकर्ता र जनताले बुझेको भन्दै प्रतिक्रियाबादीहरुको चलखेलको जनताले मुल्यांकन गर्ने बताईन । उनले बर्तमान राजनिति अस्थिरताको जड बर्तमान प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड भएको समेत उनले जिकिर गरिन ।
बिहिबार रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक कांग्रेस–एमालेलाई धोका दिएको उनले बताईन ।
सुन तस्करी र सहकारी पीडितलाई न्याय दिनुपर्ने र कारवाहीको दायरामा ल्याउनुपर्ने उनले बताईन । सहकारी ठगीमा गृह मन्त्री रवि लामिछानेमाथि पनि उजुरी परेकोले राजीनामा गर्नुपर्ने कांग्रेसको माग रहेको उनले बताईन । मधेश जागरणको अभियानलाई लिएर बिभिन्न जिल्लाहरुमा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिब्रता दिदै हिडेकी उनी काँग्रेसको संगठनलाई ग्रासरुटमा पूर्ननिर्माण र पूर्नताजगी दिलाउदै हिडेको कार्यक्रममा उनले बताईन् । प्रेस युनियन काँग्रेसको सुभेच्छुक संस्था भएको हुदा संस्थालाई चलायमान र गतिशील बनाउन स्थानिय नेतृत्वको भुमिका महत्वपूर्ण हुने बताउदै सबैले सहयोग र साथ दिन आबश्यक रहेको केन्द्रीय सदस्य संग्रौलाको रहेको छ ।
जनताको मुद्दालाई सम्बोधन गर्न कांग्रेस संसद र सडकबाट एकसाथ काम गर्ने उनले पत्रकारहरुलाई सुनाएकी छन् । कांग्रेसले कसैलाई धोका नदिएको उनको तर्क छ । काँग्रेसले अब प्रतिपक्षको भुमिका सशक्त ढंगले निर्बाह गर्दै रचनात्मक कार्यमा समेत लाग्ने उनले बताइएन् ।
पत्रकार भेटघाटमा संचारकर्मीहरु सहित नेपाली काँग्रेस मधेश प्रदेश सदस्य सूर्य बहादूर थापा, नेपाल थारु संघका केन्द्रीय सदस्य मनोज चौधरी, नेबिसंघ जिल्ला सभापति अधिकार लामिछाने लगायत नेपाली काग्रेसका बिभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो प्रेस युनियन रौतहटका सभापति प्रिमेश शिवाकोटीले जानकारी दिएका छन् ।