पाठशाला न्यूज
 २०८१ श्रावण १२, शनिवार    

नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा पृथ्वीसुब्बा गुरुङ पक्षका उम्मेदवार नवराज शर्मा प्यानल सहित विजयी

२०८० आश्विन १८, बिहीवार २३:४७ बजे

गण्डकी- बिहीबार राति ११ बजे सार्वजनिक भएको मत परिणामअनुसार नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा पृथ्वीसुब्बा गुरुङ पक्षका उम्मेदवार नवराज शर्मा प्यानलै सहित विजयी भएका छन् ।

गण्डकीमा कुल ९ सय ७ मतदाता थिए । त्यसमध्ये ८ सय ९६ मत खसेको थियो । जस्मा नवराज शर्माले ५ सय ३१ र मायानाथ अधिकारीले ३ सय ६५ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए। शर्माले प्रतिद्वन्द्वी महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका मायानाथ अधिकारीलाई १ सय ६६ मतान्तरले पराजित गरेका हुन् । 

उपाध्यक्षमा मीनप्रसाद गुरुङले ५ सय ३४ र बाबुराम सुनारले ३ सय ७२ मत ल्याए । सचिवमा धनञ्जय दवाडीले ५ सय २० र रश्मि आचार्यले ३ सय ६७ मत पाए ।

उपसचिवमा दानबहादुर विकले ४ सय ९९ र सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलामा मञ्जु अधिकारी प्यासीको ५ सय ३१ र मीना गुरुङको ३ सय ६५ मत आएको निर्वाचन कमिटीले जनाएको छ।