पाठशाला न्यूज
 २०८१ बैशाख १४, शुक्रबार    

अर्थतन्त्र श्रीलंकाको जस्तै बन्छ भनेर आत्तिएकै थिएनौं–उपाध्यक्ष पौडेल

२०७९ भाद्र १८, शनिबार १४:५२ बजे

काठमाडौं–राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष डा.विश्व पौडेलले सरकारी निकायहरू नेपाल श्रीलंका बन्छ भन्ने कुरामा कहिले पनि नआत्तिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनको २४ औं साधारणसभालाई सम्बोधन गर्दै उनले भने, हामी सरोकारवाला हरेक दिनजसो बैठक बस्थिम्, जसरी बाहिर हल्ला भयो, हामी त्यसरी आत्तिएकै थिएनौं ।
आगामी दिन नेपालको उज्ज्वल भविष्य रहेको समेत उनले बताए । रेमिट्यान्सको रकम घर निर्माण सकेर अब उत्पादनमा लाग्न थालेको उदाहरण दिंदै आगामी दिन भविष्य राम्रो हुने उनले बताए ।
यसबीचमा धेरै पूर्वाधार निर्माण भैसक्ने भन्दै उनले यसले सकारात्मक परिणाम दिने बताए ।
ग्रामीण सडकमा लगानी बढाउनु पर्ने, स्वास्थ र शिक्षामा समेत लगानी बढाउनु पर्ने आवश्यकता रहेको उनले बताए । डाक्टर नर्स सहरमा मात्र बस्न चाहेको भन्दै उनले दुर्गम भेगलाई समेत अब सुगम बनाउनु पर्ने बताए ।
भूकम्पपछि स्कुलहरू दरबार जस्तो बनेको भन्दै उनले अब भूकम्प नगएका जिलामा केन्द्रित हुनुपर्ने बताए ।