पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

चन्द्रपुरमा गायिका मिलन नेवारको प्रस्तुतीले नाचे दर्शक

२०८० भाद्र २०, बुधवार २३:२२ बजे

दिपु मिश्र
रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–४ स्थित जगत रिसोर्टमा गोल्डेन ओके कमेडि यात्रा सम्पन्न भएको छ ।
बुधवार कृष्ण जन्मअष्ठमीको उपलक्ष्यमा चन्द्रपुर नगर उद्योग वाणिज्य संघको आयोजना तथा चन्द्रपुर सिटी जेसिजको सहकार्यमा गोल्डेन ओके कमेडि यात्रा जगत रिसोर्टमा सम्पन्न भएको हो । सो कार्यक्रमले चन्द्रपुरका स्थानीयबासीहरुले भरपूर मनोरञ्जन लिनुभएको थियो ।
ख्याति प्राप्त हाँस्य कलाकारहरुको सहभागिता रहेको सो कार्यक्रम हेर्न सयौंको संख्यामा दर्शकहरुको भीड लागेको थियो । हाँस्य कलाकार निरज नेपालको प्यारोडि डान्सबाट सुरु भएको कार्यक्रमलाई सुमन कार्कीको स्ट्यान्ड अप कमेडीले पेट मिचिमिचि हाँस्न बाध्य बनाएको थियो । उहाँले पत्रकार ऋषी धमला लगायत शीर्ष नेताहरुको क्यारिकेचर गर्दै समसामायिक विषय वस्तुमा गरेको चोटिलो व्यङ्गले दर्शकको वाहवाही र ताली पाउनुभएको थियो । त्यसपछि सुरेन्द्र केसी ‘मुलाको साग’ र शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ को सामुहिक प्रस्तुतीले पनि दर्शकहरु रमाउनुभएको थियो ।
त्यसैगरी कालाकार जितु नेपालको स्ट्यान्ड अप कमेडीमा पनि दर्शकहरु पेट मिचिमिचि हाँस्नुभयो । उहाँले राजनितिक, सामाजिक विषयमा गरेका चोटिला प्रहारहरुले दर्शकहरुको हाँसोको फोहोरा छुटेको थियो ।

कार्यक्रम अन्त्यमा गायिका मिलन नेवारको प्रस्तुतीले दर्शकहरुलाई नचाएको थियो । उहाँले ‘फुलबट्टे सारी’ लगायतका चर्चित गितहरु गाउँदा कार्यक्रममा सहभागि सयैं जना दर्शकहरु नाँच्दै झुम्दै मनोरञ्जन लिनुभएको थियो । कार्यक्रम संंचालिका राधिका कडेँलले संचालन शैलीले कार्यक्रम भरी दर्शकहरुलाई बाँधेर राख्नुभएको थियो ।
कमेडी यात्रा लिएर देश दौडाहामा निस्किनुभएका जितु नेपालले आफुहरु चन्द्रपुरका दर्शकहरुको माया देखेर निकै उत्साहित भएको भन्दै चन्द्रपुरको मायाले आफुलाई निकै प्रभावित गरेको प्रतिक्रिया दिनुभयो । चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा (सुरेन) ले ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतीले चन्द्रपुरवासीको मन जितेको भन्दै कलाकारहरुको प्रस्तुतीले एकैछिन भएपनि दर्शकहरुलाई मनका पिरमार्का भूलेर हसाएकोमा कलाकारहरुलाई मायाको चिनो सहित धन्यवाद प्रदान गर्नुभएको थियो । उहाँले संघले आगामि दिनमा पनि यस्ता कार्यक्रमहरु गर्ने योजना रहेको जनाउँदै चन्द्रपुर नगर उद्योग वाणिज्य संघ समस्त चन्द्रपुरको विकास र समृद्धिको लागि काम गरिरहने बताउनुभयो ।


सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय कुमार काफ्ले,प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरी,ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी एक नारायण कोईराला,ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख झरेन्द्र चापागाई,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरी लगायत सहभागि थिए ।