पाठशाला न्यूज
 २०८१ आषाढ ३, आइतवार    

नेपाली चलचित्र ‘फर्की फर्की र ‘पुजार सार्की’ आजबाट हलमा

२०८१ जेष्ठ १०, बिहीवार ०९:२४ बजे

काठमाडौं : दुईवटा नेपाली चलचित्र आज एक साथ प्रदर्शनमा आएका छन् । बुद्ध जयन्तीको बिदाको अवसर पारेर आज चलचित्र ‘फर्की फर्की र ‘पुजार सार्की’ प्रदर्शनमा आएका हुन् ।
‘फर्की फर्की’मा अनमोल केसीसँगै जसिता गुरुङ, रभी काफ्ले, समृद्धि अर्याललगायत कलाकार मुख्य भूमिकामा छन् । सुयोग गुरुङ निर्देशित चलचित्रको निर्माता रोहित अधिकारी हुन् ।
प्रदीप खड्का, आर्यन सिक्देल र पल शाहसँगै अञ्जना बराइली, परीक्षा लिम्बू, प्रेम सुब्बा, लोकेन्द्र लेखक मुख्य भूमिकामा रहेको चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् । सुवास भुसाल यो सिनेमाका निर्माता हुन् ।
दुवै चलचित्रले देशभरका मल्टिप्लेक्समा करिबकरिब बराबरीको संख्यामा शो पाएका छन् ।