पाठशाला न्यूज
 २०८१ बैशाख ६, बिहीबार    

हामी पनि अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको नक्सा बनाऔँ –हर्क साम्पाङ

२०८० जेठ १९, शुक्रबार १७:०९ बजे

इटहरी–भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको ‘अखण्ड भारत’ नामको नक्सामा लुम्बिनी र कपिलवस्तु पनि उल्लेख गरेपछि नेपाल झस्किएको छ। यसअघि नै नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेको भारतले अहिले फेरि लुम्बिनी र कपिलवस्तुलाई समेत आफ्नो देशभित्र देखाउन खोजेपछि नेपाली नागरिक आक्रोशित छन्।

यसैबीच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब हामीले पनि ‘अखण्ड नेपाल’ भन्दै टिस्टा र काँगडासम्मको भूभाग समेटेर नक्सा सार्वजनिक गर्नुपर्ने टिप्पणी गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा भारतलाइ कटाक्ष गर्दै यस्तो टिप्पणी दिएका हुन ।