पाठशाला न्यूज
 २०८२ मंसिर ३०, सोमवार    

रौतहटमा धारिलो हतियारको प्रयोग गरी मियाको बीभत्स हत्या

२०७९ आश्विन २, आइतवार ११:५१ बजे

दिपु मिश्र
रौतहट–रौतहटमा धारिलो हतियारको प्रयोग गरी एक जना पुरुषको बीभत्स हत्या गरिएको छ ।
गुजरा नगरपालिका वडा नम्बर ९ सिमरा भवानीपुर स्थित विनायक ईट्टा उद्दोगका चौकीदार ४४ बर्षिय जलिल मिया नटको धारिलो हतियारको प्रयोग गरी बीभत्स हत्या गरिएको हो ।
आईतबार बिहान करिब ४ बजेको समयमा हत्या गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । घट्नाको बिषयमा अनुसन्धान गर्न प्रहरीले बिरगंजबाट तालिम प्राप्त कुकुर समेत मगाएर छानबिन गर्दा हाल सम्म केही तथ्य फेला नपरेको तथा प्रहरीले बिशेष अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तु प्रसाद जैसवारले जानकारी दिएका छन् । मृतककोे पोस्टमाटमको तैयारी भैरहेको प्रहरीले पाठशाला न्युजलाई बताएका छन् ।