पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

चीनमा एक सय बढी सेतो ओठ भएको हरिणहरु भेटिए

२०८० भाद्र २४, आइतवार १०:३९ बजे

काठमाडौं–उत्तरपश्चिम चीनको ग्रान्स प्रान्तस्थित किलियन माउण्टेन नेशनल नेचर रिजर्भमा सय भन्दा बढी सेतो ओठ भएको हरिणहरु फेला परेका छन् ।
सेतो ओठ भएको हरिण पहिलो श्रेणीको राष्ट्रिय सुरक्षा अन्तर्गत पर्दछ। यो प्रजाति ३ हजार देखि ५ हजार मिटरसम्मको उचाईमा बस्छ।
यो मुख्यतया छिङहाई तिब्बत पठार र त्यस वरपरका क्षेत्रमा उच्च स्थानका घाँसे मैदानहरुमा पाइन्छ । यसलाई प्रकृति संरक्षणको लागि अन्तर्राष्ट्रिय संघ (आइयुसीएन) ले लोपोन्मुख जनावरमा राखेको छ ।