पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

इजरायलले ८०० जना श्रमिकहरुलाई केयरगिभरमा लैजाने

२०८१ आषाढ १२, बुधवार ०६:४८ बजे

काठमाडौं- वैदेशिक रोजगार विभागका अनुसार वैकल्पिक ३०० सहित ८०० जनालाई इजरायलले दीर्घकालीन स्याहार केन्द्रका लागि केयर गिभरमा लैजाने गरी आवेदन मागेको छ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ। योग्यता पुगेका ८०० जनालाई छनोट गरेर ३०० जनालाई वैकल्पिकमा राख्ने उनले जानकारी दिए। 

विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ भएको, कम्तीमा ४५ केजी तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा उत्तीर्ण भएकाले आवेदन दिन सक्नेछन्।

यो काममा जानेको मासिक तलब पाँच हजार ८८० इजरायली मुद्रा (दुई लाख १० हजार नेपाली रुपैयाँ) तोकिएको छ। करार अवधि शुरुमा एक वर्षको हुनेछ। त्यसपछि अधिकतम पाँच वर्षसम्म हुनेछ।